
मेष राशि-सकारात्मक ऊर्जा बढ्नेछ। आत्मविश्वासका साथ अघि बढ्न सक्नुहुन्छ। यद्यपि हठ र जल्दबाजीले सम्बन्धमा केही तनाव ल्याउन सक्छ, सावधानी अपनाउनुहोस्।
वृष राशि-परिवारमा सुखद समय बित्नेछ। भावनामा बहकिएर निर्णय नगर्नु होला। धैर्य र विवेकले तपाईंलाई उन्नति मार्गमा अगाडि बढाउनेछ।
मिथुन राशि-सञ्चार तथा यात्रा सम्बन्धी काममा सफलता मिल्नेछ। सानो असावधानीले समय र ऊर्जा खेर जान सक्छ, सचेत रहनु राम्रो।
कर्कट राशि-धनसम्बन्धी योजनामा सकारात्मक संकेत देखिन्छ। तर, अनावश्यक खर्च बढ्न सक्छ, त्यसैले योजना बनाएर खर्च गर्नु उपयुक्त हुनेछ।
सिंह राशि-आत्मसम्मान र प्रतिष्ठा बढ्नेछ। नयाँ अवसरहरू देखापर्नेछन्। तर घमण्ड र अहंकारले सम्बन्धमा दरार आउन सक्छ, विनम्रता अपनाउनु आवश्यक छ।
कन्या राशि-ध्यान र साधनामा मन रमाउनेछ। गोप्य समस्या वा मानसिक तनावले असहज बनाउन सक्छ, आत्मविश्वासले सामना गर्नुहोला।
तुला राशि-सामाजिक सम्बन्धमा सुधार आउनेछ। साथीभाइबाट सहयोग पाइनेछ। तथापि साना कुरामा तिक्तता बढ्न नदिन संयमित बन्नु उपयुक्त हुनेछ।
वृश्चिक राशि-कर्म क्षेत्रमा सफलता मिल्नेछ। पद प्रतिष्ठामा वृद्धि हुन सक्छ। यद्यपि रिस र हतारले राम्रो काम बिग्रन सक्छ, शान्ति र धैर्य अति जरुरी छ।
धनु राशि-धार्मिक तथा अध्ययनमा रुचि बढ्नेछ। यात्राको अवसर प्राप्त हुन सक्छ। यात्रामा सवारी साधनको सुरक्षा प्रति सचेत रहनु उचित हुन्छ।
मकर राशि-आर्थिक लाभका अवसर देखिन्छन्। तर, साझेदारी र लेनदेनमा पारदर्शिता कायम राख्नु अत्यावश्यक छ, नत्र अलिक असहजता हुन सक्छ।
कुम्भ राशि-साझेदारी र सम्बन्धमा सकारात्मक संकेत देखिन्छ। प्रेम र सम्बन्धमा पारस्परिक बुझाइ बढ्न सक्छ। असमझदारीबाट टाढा रहनु राम्रो हुनेछ।
मीन राशि-स्वास्थ्यमा सुधार देखिनेछ। दैनिक क्रियाकलापहरूमा सकारात्मक परिणाम मिल्नेछ। यद्यपि अलि चञ्चलता र एकाग्रताको कमी हुनसक्छ, ध्यान केन्द्रित गर्नुहोला।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
मनकामना ज्योतिष तथ वास्तु परामर्श केन्द्र क लाईन जेसिस चोक ।
9848060799