प्रेस सेन्टर नेपाल तुलसीपुरले गर्याे संघठनमा आवद्व केसीलाई बिदाई कार्यक्रम सम्पन्न ।

प्रकाश के सी

तुलसीपुर २४, बैशाख ।

प्रेस सेन्टर नेपाल तुलसीपुरले सङघठनमा आवद्व रिता केसीलाई बैदेशिक जीवन शाेचेजस्तै सफल र गुनस्तरिय  बनाउनका निम्ति तुलसीपुर ५ घाेराही राेड स्थित बैशाख १३ गते मंगलबार वेस्टर्न पार्टि प्यालेसमा  कार्यक्रमकाे आयाेजना गरि उहाकाे संघठनप्रतिकाे सक्रियता, लगनशिलता र सहयाेगी भावनालाई मध्यनजर गर्दै कार्यक्रम गरिएकाे हाे ।

उक्त कार्यक्रम प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीकाे अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्किकाे प्रमुख आथित्यतामा र विभिन्न उच्च पदका पदाधिकारी एवं पत्रकारहरूकाे  आथित्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाल्दै प्रमुख अथिति समेत रहेका मास्किले यस बिदाईकाे घडिमा रिता केसिले संघठन प्रतिकाे  सक्रियता र उहाले पुर्याएका याेगदानहरूकाे उच्च सम्मान गर्दै उहाँ केही समयकाे लागि बिदेश गएतापनि उहाँ जस्ताे  सक्रियशिल ,प्रतिभाशाली ब्यक्तिहरूकाे संघठनलाई खाचाे रहेकाे दर्साउदै फेरिपनि बैदेशिक कार्यकाल सकेर उहाँले त्यहाँ  बटुलेकाे ज्ञान, सिप र उर्जालाई यहि आवद्व रहेर खर्चिन आग्रह  गर्नुभएकाे थियाे भने चलचित्र पत्रकार नेपाल दाङकि सचिब निरला आर्यालले पत्रकारिता क्षेत्रमा छाेटाे समयमै बेग्लै पहिचान बनाउन सफल रिता के सीले पिडित महिलाहरूका निम्ति आवाज उठाउने जस्ता कार्यहरूलाई झल्काउदै अहिले केही समयलाई  बिदाई गर्नुपर्ने भयपनि उहाँ आफ्ना नयाँ अनुभव अझ गुनस्तरिय सीप र क्षमता लिएर पुनः संघठनमा जाेडिने  कुरामा जाेड दिदै उहाकाे उज्जवल र सफल भविष्यकाे कामना गर्दै शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।

त्यस्तै कार्यक्रममा लायनस क्लब अफ क्यापिटलका अध्यक्ष हिमाल डांगी बाबु तथा प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारी, र साेहि संघठनकि सचिब रिता केसी एवं प्रेस सेन्टर नेपाल दाङ जिल्ला सदस्य दिपक बाेहाेरा र पत्रकार दिपतिशिखा लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा रिता केसिलाई टीका लगाई ,खादा ओडाई प्रमानपत्र सहित बिदाई गरिएकाे थियाे ।

त्यस्तै प्रेस सेन्टर नेपाल तुलसीपुरकि सचिब रिता केसिकाे स्वागत मन्तब्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण पत्रकार कृष्ण अधिकारिले गर्नुभएकाे थियाे भने समापन प्रेस सेन्टर नेपाल तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान