
दाङ २४, बैशाख ।
राप्ती गाउँपालिका–१, भालुबाङ पुलचोकमा प्रहरीले ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरीले घोराहीबाट प्युठानतर्फ गइरहेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा छापा मारेको थियो।
सवारी जाँचको क्रममा राप्ती गाउँपालिका–२, बह्राखुट्टीकी २० वर्षीया सरिता सार्कीलाई नियन्त्रणमा लिएको भालुबाङ इलाका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले उनीसहित २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ।
हाल सर्कीमाथि लागुऔषध ओसारपसार सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।