पश्चिम दाङमा मोटरसाइकलको ठक्करले एक वृद्ध गम्भीर घाइते ।


तुलसीपुर, २४ बैशाख ।

पश्चिम दाङको शान्तिनगर गाउँपालिका–२ बाघमारेका ७० वर्षीय धन बहादुर बिक मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन्। घटना आज बेलुका साढे ४ बजेतिर शान्तिनगर–२ स्थित मोड नजिकै घटेको हो।

रा ५ प १००९ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि घाइते भएका बिकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

मोटरसाइकल चलाइरहेका सोही ठाउँका ३० वर्षीय भिम बहादुर सुनार पनि घटनापछि घाइतेको उपचारमा सहयोग गरिरहेका छन्। उनका अनुसार सडकको मोडमा बिक पल्टिएको अवस्थामा थिए, जसलाई उनले समयमा देख्न नसकेर ठक्कर दिएको बताए।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 34 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 86 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।