दाङको तुलसीपुरमा बुधबार साँझ एक कारको ठक्करबाट पैदल यात्री घाइते ।

तुलसीपुर, २५ बैशाख ।

दाङको तुलसीपुरमा बुधबार साँझ एक कारको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। साँझ करिब ७:२० बजे तुलसीपुर उपमहानगरपालिका–५ स्थित बी.पी. चोकमा कारले ठक्कर दिँदा ३७ वर्षीय ज्ञानेन्द्र के.सी. घाइते भएका हुन्।

बी.पी. चोकबाट बसपार्कतर्फ जाँदै गरेको प्र.३–०१–०२४ च ०५४६ नम्बरको कारले पैदल हिँडिरहेका के.सी.लाई ठक्कर दिएको थियो। दुर्घटनामा उनको टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। तत्कालै राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएका घाइते के.सी.को अवस्था मध्यम रहेको छ।

घटनापछि २५ वर्षीय कार चालक शिवराज अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिएका छन्।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत