दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

दाङ ३, जेठ ।

प्रजातान्त्रिक प्रक्रियाका बारेमा अभ्यस्त बनाउने उद्देश्यले दाङभ्याली मा. बि. तुलसीपुरले “स्कुल क्याप्टेन” को छनौट चुनावी प्रक्रियाद्वारा सम्पन्न गरेको छ। उक्त अवसरमा ,मतपत्र एवं मतपेटिकाको व्यवस्था गर्दै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरि प्रचार प्रसारको लागि समय समेत निर्धारण गरिएको थियो भने चुनाव सम्पन्न गर्ने गराउने अधिकारी समेत तोकिएको थियो।

संयोगवश मौसमले पनि सितलता प्रदान गरेको अवस्थालाई सदुपयोग गर्दै विद्यालय प्राङ्गणमा नै वूथ खडा गरि मतदानको व्यवस्था गरिएको थियो। शुक्रबारीय कार्यक्रम अन्तर्गत वार्षिक क्यालेन्डर अनुसार उक्त चुनाव सम्पन्न गरिएको कुरा विद्यालयकि प्र अ शिला अर्यालले जानकारी गराउनु भएको छ।कक्षा ६ देखि ११ सम्मका विध्यार्थी भाईबहिनीले आफ्नो गोप्य मतदान गरेका थिए।

जम्मा १५ जना प्रतिस्पर्धी रहेको उक्त चुनावी नतिजा अनुसार कक्षा -१० मा अध्ययनरत छात्र लोकराज घर्तीले सबैभन्दा धेरै ४८ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वीले अत्यन्त झिनो मतको मतान्तरले पराजय व्यहोरेका थिए।

सोही अवसरमा प्र. अ. संरक्षक रहने गरि हाल कक्षा-१० मा अध्ययनरत छात्र उत्सव शाहूको अध्यक्षतामा नौ(९) सदस्य रहेको “दाङभ्याली इ’को क्ल्ब” पनि गठन गरिएको छ। जस्को उपाध्यक्ष,कोषाध्क्ष र सचिवमा क्रमशः कक्षा-१० कै सुहान भण्डारी, कक्षा-८ का रेकिसन के सी, कक्षा-८ कै हिमाल वली एवं सद्स्यहरूमा भने प्रेन्का र उज्ज्वल बपाल चयन भएको जानकारी गराईएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान