तुलसीपुरमा सुनचाँदी पसलमा ठूलो चोरी, १२ लाखभन्दा बढीको क्षति ।

तुलसीपुर ७ जेठ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मजगैस्थित एक सुनचाँदी पसलमा अज्ञात समूहले बुधबार राति चोरी गरी १२ लाख रुपैयाँभन्दा बढीको धनमाल लगेका छन्।

बिजु सुनचाँदी उद्योगका सञ्चालक पदम सेर्पाइलीका अनुसार चोरीमा करिब ६ तोला सुन, २० तोला चाँदी र नगद पाँच हजार रुपैयाँ गरी करिब १२ लाख ३६ हजार बराबरको धनमाल हराएको छ।

सञ्चालक सेर्पाइलीले जानकारी दिएअनुसार, चोरीबारे बिहान ६ बजे छिमेकी टोपबहादुर बस्नेतका भाइबाट खबर पाएपछि थाहा भएको हो। पसल रहेको घरको गेट भित्रबाट मात्र चुक्कुल लगाइएकोले चोरले सजिलै हात छिराएर गेट खोल्न सफल भएको र त्यसपछि पसलको ताला फोडेर चोरी गरेको आशंका गरिएको छ।

हाल इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाको नेतृत्वमा चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको छ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत