प्रकाश के सी
तुलसीपुर ११ , जेठ ।
अम्बेकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालीले आज आइतबारको दिन सुपर लक्जरियस 2*1 डबल सस्पेन्सर Ac गाडी उद्घाटन कार्यक्रम तुलसीपुरको बसपार्कमा एक भव्य समारोहका बीच सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रम अम्बकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालीका अध्यक्ष घनश्याम बस्नेतको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख अतिथ्यतामा र लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माको विशिष्ट आतिथ्यतामा र प्रेस सेन्टर नेपाल दाङ जिल्ला सदस्य दीपक बोहरा र लुम्बिनी प्रदेश यातायात व्यवस्था कार्यालय दाङका प्रमुख टोपेन्द्रबहादुर केसी लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा बोल्दै प्रालीका अध्यक्ष बस्नेतले गाडीका साहु तथा कर्मचारीहरू दक्ष तथा अनुभवी भएको सुनिश्चित गरेको र सडक जाम, सडक निर्माण जाम निर्माण जस्ता समस्या बाहेक यात्रुहरुलाई ९ र १० बजेको समयभित्रै खाना खुवाउने व्यवस्था तथा गाडीमै लकी ड्र द्वारा एकजना व्यक्तिलाई निःशुल्क यातायात सेवा प्रदान गर्ने पालिका अध्यक्षले बताउनु भएकाे थियाे ।
र साथै बसपार्कमा हुने अत्याधिक होहल्ला गर्ने मान्छे, तानातान हुने तथा ठाउँ ठाउँमा चालक र सञ्चालकलाई खराब शब्द प्रयोग गरी घोच्याउने, धम्काएर पैसा मग्ने जस्ता प्रविधिलाई हटाउन लुम्बिनी प्रदेश पूर्व मुख्यमन्त्री डिल्ली चौधरीलाई आग्रह गर्नुभएको हो।
त्यस्तै पूर्व मुख्यमन्त्री चौधरीले उद्घाटन कार्यक्रममा अम्बकेश्वरी सार्वजनिक राप्ती यातायातले यातायातकाे क्षेत्रमा नयाँ फड्को मारेको छ। यसले दाङ जिल्लालाइ नै बिकासकाे क्षेत्र बनाउनमा मद्दत गर्नेछ भन्दै बधाइ तथा शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा संघीय, प्रदेश र स्थानीय तहका उच्च पदाधिकारीहरू सहित विविध क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। त्यस्तै कार्यक्रममा गाडीधनीहरूलाई खाँदा, टिका र माला लगाइ सम्मानसमेत गरिएको थियाे ।
अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालीका अध्यक्ष घनश्याम बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सोही प्रालीका आर्थिक समिति संयोजक भीम केसीले गर्नुभएको थियो ।










