
तुलसीपुर ६ , भदाै
इगल खबरको पहिलो वार्षिक उत्सवमा बिरामीलाई फलफूल वितरण गरिएकाे छ ।
तुलसीपुरबाट सञ्चालन भई रहेको एच आर मिडिया हाउस प्रा लि द्वारा संचालित इगल खबरको प्रथम वार्षि उत्सवको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको हाे । बिहीबार एचआर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मिडियाहरु सामाजिक कार्यमा अग्रसर हुने हाे भने नमुना समाजकाे निर्माण गर्ने सकिन्छ भन्ने कुरा राखेका थिए । साेहि कार्यक्रममा दाङ बक्सिङ संघका कोषाध्यक्ष दिपक केसी, नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर प्रशासन शाखाका थानबहादुर केसी लगायतकाले बोल्नु भएको थियो ।

इगल खबरको प्रथम वार्षिकोत्सवको औपचारिक कार्यक्रम भदौ ७ गते मेट्रो होटल दोघरेमा गर्ने इगल खबरका सञ्चालक एचआर मगरले जानकारी दिनुभयो । पत्रकार विकास डागिकाे स्वागत मन्तव्य बाट भएकाे कार्यक्रमकाे सहजीकरण गनेश भन्डारिले गर्नुभएकाे थियाे ।