दाङमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजना घाइते

तुलसीपुर, २१ कार्तिक ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुई जना व्यक्ति घाइते भएका छन्।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको भे १ ब १८४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प ५२३७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा चालकहरू घाइते भएका हुन्। घाइते दुबैजनालाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइ उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका मोटरसाइकलहरू ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको छ।

घाइते भएकाहरूः १. भे १ ब १८४६ नम्बरको मोटरसाइकल चालक
दाङ घोराही उ.म.न.पा.–१० बस्ने २८ वर्षीय दामोदर न्यौपाने
– बायाँ हातमा सामान्य चोट

२. रा ६ प ५२३७ नम्बरको मोटरसाइकल चालक
रोल्पा जिल्लाको गंगादेव गाँउपालिका–१ बस्ने १७ वर्षीय सन्दिप घर्तिमगर
– टाउको, बायाँ खुट्टा र बायाँ हातमा सामान्य चोट
– साथमा कागजात नभएको तथा मापसे नगरेको प्रहरीको प्रारम्भिक जानकारी

दुर्घटनासम्बन्धी अन्य तथ्यहरूको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान