तुलसीपुरमा सामाजिक सञजालकाे प्रभाबबारे अन्तरक्रिया

तुलसीपुर १२ भदाै

तुलसीपुरमा सामाजिक सञ्जालको प्रभावबारे अन्तरक्रिया
निरला अर्याल
तुलसीपुर, १२ भदौ ।
तुलसीपुर नगर जेसीजको आयोजनामा र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा ‘सामाजिक सञ्जालको प्रयोगले युवामा पारेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जेसीज वर्ष २०२४ का अध्यक्ष पूर्ण विक्रम डाँगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले प्रमुख वक्ताको रूपमा प्रविधिको महत्त्व र यसको प्रयोगबारे धारणा व्यक्त गर्नुभयो ।
अधिवक्ता धितालले ६० प्रतिशत भन्दा बढी मानिसहरू प्रविधिको प्रयोगमा संलग्न रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा भएका कुराकानीहरू स्थायी रूपमा सुरक्षित रहने बताउनुभयो ।
१८ देखि ४० वर्षका व्यक्तिहरूका लागि सामाजिक सञ्जालले प्रगति ल्याए पनि यसको प्रयोगमा सावधानी अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष तथा कार्यक्रम वक्ता झरेन्द्र खरेलले सामाजिक सञ्जालले विश्वलाई एउटै समुदायमा जोड्न भूमिका खेलेको बताउनुभयो । उहाँले सामाजिक संजालले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने उल्लेख गर्दै सकारात्मक प्रविधि प्रयोगको महत्त्वमा जोड दिनुभयो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर पोख्रेलले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्नु नहुनेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालको गलत प्रयोगले मानिसहरू मानसिक रूपमा विक्षिप्त बन्ने घटनाहरू बढेको बताउनुभयो ।


यस्तै ग्रेट अरनिको विद्यालयमा अध्ययनरत विद्यार्थी विनिता भण्डारीले प्रविधिको प्रयोगले पठनपाठनमा सहयोग पुगेको र नयाँ विषयवस्तु खोज अनुसन्धान गर्न तथा घरमा बस्दै खानेपानी, विद्युत्, टेलिफोनको बिल तिर्न सजिलो भएको बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा ४ ओटा विद्यालयका १४५ जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।कार्यक्रम संयोजक मधुसुदन गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जेसीजका महासचिव कमल प्रकाश शर्माले गरेका थियो ।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 89 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित