तुलसीपुरमा सामाजिक सञजालकाे प्रभाबबारे अन्तरक्रिया

तुलसीपुर १२ भदाै

तुलसीपुरमा सामाजिक सञ्जालको प्रभावबारे अन्तरक्रिया
निरला अर्याल
तुलसीपुर, १२ भदौ ।
तुलसीपुर नगर जेसीजको आयोजनामा र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा ‘सामाजिक सञ्जालको प्रयोगले युवामा पारेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जेसीज वर्ष २०२४ का अध्यक्ष पूर्ण विक्रम डाँगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले प्रमुख वक्ताको रूपमा प्रविधिको महत्त्व र यसको प्रयोगबारे धारणा व्यक्त गर्नुभयो ।
अधिवक्ता धितालले ६० प्रतिशत भन्दा बढी मानिसहरू प्रविधिको प्रयोगमा संलग्न रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा भएका कुराकानीहरू स्थायी रूपमा सुरक्षित रहने बताउनुभयो ।
१८ देखि ४० वर्षका व्यक्तिहरूका लागि सामाजिक सञ्जालले प्रगति ल्याए पनि यसको प्रयोगमा सावधानी अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष तथा कार्यक्रम वक्ता झरेन्द्र खरेलले सामाजिक सञ्जालले विश्वलाई एउटै समुदायमा जोड्न भूमिका खेलेको बताउनुभयो । उहाँले सामाजिक संजालले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने उल्लेख गर्दै सकारात्मक प्रविधि प्रयोगको महत्त्वमा जोड दिनुभयो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर पोख्रेलले १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्नु नहुनेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालको गलत प्रयोगले मानिसहरू मानसिक रूपमा विक्षिप्त बन्ने घटनाहरू बढेको बताउनुभयो ।

यस्तै ग्रेट अरनिको विद्यालयमा अध्ययनरत विद्यार्थी विनिता भण्डारीले प्रविधिको प्रयोगले पठनपाठनमा सहयोग पुगेको र नयाँ विषयवस्तु खोज अनुसन्धान गर्न तथा घरमा बस्दै खानेपानी, विद्युत्, टेलिफोनको बिल तिर्न सजिलो भएको बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा ४ ओटा विद्यालयका १४५ जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।कार्यक्रम संयोजक मधुसुदन गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जेसीजका महासचिव कमल प्रकाश शर्माले गरेका थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत