बिना प्रमाण कुटपिट र जबर्जस्ती रकम असुली गरेको आरोप

तुलसीपुर १ मंसिर । असोज १०, बिहान करिब ८:३५ बजे, तुलसीपुर—जेनजि आन्दोलनको समयको आरोप झिक्दै आफूलाई कुटपिट र जबर्जस्ती रकम असुली गरिएको एक युवाले गम्भीर दाबी गरेका छन्। पीडितका अनुसार उनलाई केशव नाम गरेका व्यक्तिले फोन गरेर पार्क क्याफेमा बोलाएपछि घटना सुरु भएको हो।

पीडितका अनुसार, क्याफे पुगेपछि उनले त्यहाँ तरुण दलका केही सदस्यहरू, देखे । केशवले उनलाई एउटै खाली टेबलमा बस्न भने र उनले चिया मगाएर बसेका थिए।

एकछिनमै केशव आएर ‘तिमी पनि जेन–जि आन्दोलनमा गएको हौ? भनेर सोधे। मैले ‘हो’ मात्र भन्नासाथ उनैले झमझम टाउकोमा कुटे, चस्मा फुटाइदिए। तातो चियाको कपै टाउकोमा हिर्काइयो, मेरो हातबाट रगत बग्यो पीडितले दाबी गरे।

उनका अनुसार, जेन–जि आन्दोलनको दिनमा तुलसीपुर उपमहानगरपालिका पार्किङमा राखिएको मोटरसाइकल आफूले जलाएको भनी आरोप लगाएर कुटपिट गरिएको हो।

पीडितले आरोप लगाउँदै भने,
कुटपिट गरिरहेको व्यक्तिहरूले नै प्रहरी बोलाए। प्रहरी आएपछि उल्टै मलाई हत्कडी लगाएर इलाकामा लगे।

पीडितका अनुसार, घटना पछि नगर प्रहरी नियन्त्रणमा हुँदा उनी भित्र आगो लागेको देखेर ढोका खोल्न पुगेका थिए।
आगो लागेकाे थियो। कोही मान्छे फसेका होलान भन्ने सोचेर माथिल्लो तल्लामा गएँ। त्यहाँ मेयरको कोठामा पुगेँ।

त्यही कोठामा आफूले पहिले भोगेको अपमान, दुर्व्यवहार र ठेला ब्यापारीमाथि नगरपालिकाले गरेको दमन सम्झँदा भावनामा बगिएको दाबी उनले गरे।

उनले त्यहि बेला ठेला जलाइरहेको दृश्य देखेको र ठेला नजलाउनु भनेर भन्दै घरतिर गएका बताउँदै,
म आफ्ना सामान लिएर शान्तिपूर्वक घर फर्किएँ ।

पीडितले थप दाबी गरे,
उनीहरूले ममाथि ‘बाइक जलाएको’ भनेर कुनै प्रमाण नदेखाई १५ हजार तिराए। ३५ हजार को कागज पनि जबर्जस्ती गराए।

उनका अनुसार आफूले नजानेको, नगरेको घटनाको भार एकतर्फी रूपमा थोपारिएको छ।

समाचारमा उल्लेखित विषयमा केशव नामका आरोपित व्यक्तिहरूसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो।
तर घटनाबारे उनहरूको पक्षबाट प्रतिक्रिया प्राप्त हुन सकेन।

पीडितले आफूले भोगेको कुटपिट, गरीबी र दबाबमा तिराइएको रकम, प्रहरीद्वारा हत्कडी लगाएर लगिएको घटना सबैबारे निष्पक्ष छानबिनको माग गरेका छन्।

उनले भने,
म शान्तिपूर्ण रूपमा बसेको बेलामा कुटपिट भयो। प्रमाणबिना आरोप लगाएर पैसा असुले। यसको निष्पक्ष छानबिन होस्।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत