प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

तुलसीपुर २, पुस ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा हुने महोत्सव आगामी पौष ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ।

घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक तथा प्रविधि प्रदर्शनी सहित आयोजना हुने महोत्सवमा लोकदोहोरी प्रतियोगितालाई विशेष आकर्षणको रूपमा समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक लोकदोहोरी गायक–गायिकाहरूले तोकिएको समयभित्र नाम दर्ता गर्न आग्रह गरिएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ प्रदान गरिनेछ। समूह दर्ता शुल्क ५०० रुपैयाँ तोकिएको छ भने एक समूहमा १ पुरुष र १ महिला गायक/गायिका हुनुपर्ने व्यवस्था गरिएको छ। सहभागी कलाकार नेपाली पोशाकमा उपस्थित हुनुपर्नेछ।

लोकदोहोरी प्रतियोगिताको टाइसिट पौष ५ गते सार्वजनिक गरिने जनाइएको छ। थप जानकारीका लागि सांस्कृतिक उपसमितिसँग सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

सम्पर्क व्यक्तिका रूपमा सांस्कृतिक उपसमिति संयोजक टिकाजंग वली र सदस्य प्रेम प्रकाश मल्ललाई तोकिएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान