तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा आज विशेष तिज मिलन कार्यक्रम सम्पन्न ।

सागर रोका
बिजौरी दाङ, १५ भदौ l

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित ठान गाउँ मा तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर वडा नं १९ को आयोजनामा भएको कार्यक्रम वडा १९ की वडा सदस्य तारा वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा तिज मिलन तथा शुभकामना आदान प्रदान भएको हो ।

त्यस्तै गरेर कार्यक्रममा बोल्दै उपमेयर चौधरीले आफ्नो दक्ष अनुसारको संस्कृति जोगाउने गरी तीज मनाउन आग्रह समेत गर्नु भएको हो । हरेक वर्ष मा मनाइने तीज पर्वलाई देखासिकी तथा भड्किलो गरी मनाउनाले विकृति फैलिएको र पुरानो भेष भुसाको लोप हुँदै गएको उहाँले बताउनु भएको हो । त्यस्तै गरेर तिज मिलन कार्यक्रम को अवसरमा छोराछोरीलाई सफल बनाउन उचित शिक्षा सहित हरेक कुरामा ध्यान दिनुपर्ने हरेक घरपरिवार का अभिभावक हरुको कर्तव्य रहेको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बताउनु भएको हो । भने बालवालिकालाई शिक्षा दिन सकियो भने सफल हुन्छ, त्यो सफलताले बुवाआमालाई सघाउने गर्दछ त्यसैले शिक्षा भन्दा ठूलो केही छैन । उहाँले भन्नुभयो ।

तुलसीपुर वडा नं. १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १९ कि सदस्य रेवती विकले स्वागत मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै गरेर तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन भने तुलसीपुर वडा नं. १९ का वडा सदस्य राम बहादुर पौडेलले गर्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत