
सागर रोका
बिजौरी दाङ, १५ भदौ l
तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित ठान गाउँ मा तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर वडा नं १९ को आयोजनामा भएको कार्यक्रम वडा १९ की वडा सदस्य तारा वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा तिज मिलन तथा शुभकामना आदान प्रदान भएको हो ।
त्यस्तै गरेर कार्यक्रममा बोल्दै उपमेयर चौधरीले आफ्नो दक्ष अनुसारको संस्कृति जोगाउने गरी तीज मनाउन आग्रह समेत गर्नु भएको हो । हरेक वर्ष मा मनाइने तीज पर्वलाई देखासिकी तथा भड्किलो गरी मनाउनाले विकृति फैलिएको र पुरानो भेष भुसाको लोप हुँदै गएको उहाँले बताउनु भएको हो । त्यस्तै गरेर तिज मिलन कार्यक्रम को अवसरमा छोराछोरीलाई सफल बनाउन उचित शिक्षा सहित हरेक कुरामा ध्यान दिनुपर्ने हरेक घरपरिवार का अभिभावक हरुको कर्तव्य रहेको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बताउनु भएको हो । भने बालवालिकालाई शिक्षा दिन सकियो भने सफल हुन्छ, त्यो सफलताले बुवाआमालाई सघाउने गर्दछ त्यसैले शिक्षा भन्दा ठूलो केही छैन । उहाँले भन्नुभयो ।
तुलसीपुर वडा नं. १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १९ कि सदस्य रेवती विकले स्वागत मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै गरेर तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन भने तुलसीपुर वडा नं. १९ का वडा सदस्य राम बहादुर पौडेलले गर्नु भएको थियो ।