गरिविकै कारण उपचार गर्न नसकि हस्पिटलकाे बेड बाटै सहयाेग गरिदिन अपिल गर्दै कमला

भाद्र १८ तुलसीपुर

तुलसीपुर सयपत्रि दोहोरि घरबाट चलाएको रुकुम खारा घर भई हाल तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्वर्गद्वारी टोल मा बसोबास गर्दै आउनुभएकी वर्ष ३५ कि कमला ओली केही वर्ष अगाडि बाट मुटु र फोक्सोदको समस्या भई बिरामी परेर थला परिरहेको अवस्थामा यतिबेला सयपत्री दोहोरी घरका सल्लाहकार ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा अहिले काठमाडौँको वीर हस्पिटलमा उपचार भइरहेको छ।

उहाँको आर्थिक अवस्था निकै कमजोर भएको र उहाँको श्रीमानले पनि २२ वर्षकै उमेरमा उनलाई छोडेर संसार त्यागेका छन् उनको साथमा ११ वर्षको एक छोरा मात्र रहेको र उपचार गर्दागर्दै भएको जग्गा पनि सकिएको हुँदा अहिले उनको पाँच छ लाख ऋण पुगिसकेको छ।

उनीलाई योभन्दा पहिले दुई वर्ष अगाडि सयपत्री दोहोरी घरका सञ्चालक दीपक ओली र ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा करिब २ लाख बराबरको सहयोग रकमले उपचार भइरहेको थियो। फेरि उहाँलाई रोगले च्यापिसकेपछि तुल्सीपुरको राप्ती प्रादेशिक हस्पिटलमा उपचार गराई चेक जाँच गराउँदा त्यहाँ सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको थियोे ।

अहिले उहाँको उपचार काठमाडौँको वीर हस्पिटलमा भइरहेको छ उहाँले भन्नुभयो म बाँच्न चाहन्छु मेरो घरमा सानो छोरा छ मलाई बचाउनुस्। मेरो श्रीमानले त छोडेर गइसक्नुभयो अहिले यही बच्चाको मुख हेरेर बसिरहेको छु। यदि मलाई केही भयो भने बच्चाले के गर्ला भनेर गहभरी आँसु झार्दै सहयोगको अपिल गर्नुभएको छ

त्यसैगरी ।कमला ओली बचाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने नेकपा दाङ जिल्ला सदस्य ग्रेट अरनिको माविका सहायक प्रधानाध्यापक तुल्सीपुर नगर जेसिज का महासचिव कमलप्रसाद शर्मा ले आफ्नो जन्मदिनको अवसर पारेर फजुल खर्च नगरेर आफूले यस्ता गरिब दुःखीलाई हेर्नुपर्छ भन्ने उद्देश्यका साथ कमला वलि बचाउ अभियानलाई उपचार खर्च बापत रु ५००० (पाचहजार) सहयोग गर्नु भएको छ।

यदि तपाईहरू पनि सहयोग गर्नु चाहनुहुन्छ ,भने तलको सम्पर्क नम्बर अथवा खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
दिपक वलि खाता नं : २५६०१००६७०७३६६०००००१नेपाल बैंक लिमिटेड

  • सम्बन्धित पोस्टहरू

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।

    ६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु र ८ जना घाइते

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु र ८ जना घाइते

    जय जीव दर्शनका द्रष्टा उपेन्द्र पौडेल भारत प्रस्थान ।

    जय जीव दर्शनका द्रष्टा उपेन्द्र पौडेल भारत प्रस्थान ।

    डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेकाे ना ८ ख ७४५५ नम्बरको यात्रुबस आज बिहान दाङकाे लमहीमा दुर्घटनामा ।

    डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेकाे ना ८ ख ७४५५ नम्बरको यात्रुबस आज बिहान दाङकाे लमहीमा दुर्घटनामा ।