
तुलसीपुर २, असाेज
तुलसीपुर ७ मा अवस्थित त्रिदेव बाेर्डङ स्कुलले सतिघाट सवदाह गृह निर्माणका लागि अार्थिक सहयाेग गरेकाे छ ।
निजि विद्यालयले पनि समाज सेवा गर्नुपर्छ भन्ने उदेश्यले गृह निर्माणका लागि रू.१० हजार ५ सय५५ रूपैया सहयाेग गरेकाे तथा विगत देखिनै सामाजिक सेवामा लागेकाे विद्यालयका प्रिन्सिपल मनाेज हमालले बताउनुभयाे ।
उक्त स्थानमा गृह निर्माण अावश्यक रहेकाे र निकायले चासाे नदेखायपछि दाता हरूकै सहयाेगमा निर्माण गर्न थालिएकाे हाे । साे अवसरमा त्रिदेव बाेर्डिङ स्कुलले पनि सहयाेग गरेकाले समितिले स्कुललाइ धन्यबाद ज्ञापन गरेकाे हाे ।
त्यस्तै स्थानियलेनै सतिघाट सवदाह गृह निर्माण समिति गठन गरि सहयाेग अभियान सन्चालन गरेकाे समितिका सचिव संकर भुषालले बताउनुभयाे उहाका अनुसार सवदाह निर्माणका लागि करिव २५ लाख रूपैया लाग्ने अनुमान गरिएकाे छ । अहिले सम्म २ लाख रूपैया रकम संकलन भइसकेकाे भन्दै सचिव भुषालले अन्य सहयाेगिहरूले पनि सक्दाे सहयाेग गर्न अनुराेध गर्नु भएकाे छ ।नपुगेकाे रकम समितपले अाफै व्यवस्थापन गर्नेउहाले बताउनुभयाे ।

