
तुलसीपुर, २२ असोज । प्राकृतिक श्रोत व्यवस्थापन समाज नेपालद्धारा संचालित दाङको तुलसीपुरमा रहेको सामुदायिक रेडियो प्रकृति एफएमको आज १४ औं वार्षिकोत्सव तथा भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । रेडियो स्थापना भएको १४ वर्ष पुगेर १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा तुलसीपुर ९ दोघरेमा अव बन्ने नयाँ भवनको शिलान्यास गरिएको हो ।बार्षिकोत्सव तथा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले रेडियोले पर्यावरण तथा वातावरणको क्षेत्रमा सूचना प्रवाह गर्नमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनु भएको छ । कार्यक्रममा प्रमुख अतिति समेत रहनु भएका खड्काले रेडियोको नयाँ भवन निर्माणमा सबैको साथ रहने भन्दै तुलसीपुर उपमहानगरको तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले भवन निर्माणका लागि सहयोग गर्न सम्पूर्ण व्यवसायीहरुलाई पनि आग्रह गर्नु भएको छ ।
यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक ९डिआइजी० कुबेर कडायतले प्रकृति संरक्षण, वनवातावरण, स्थानिय कला, संस्कृति, विकास निर्माणका सवालमा सुचना प्रवाह गर्नुका साथै पछिल्लो समय समाजमा मौलाउँदै गएको विकृति तथा नकारात्मक सोचलाई बदल्ने सवाल, मानव धर्मलाई कसरी जगेर्णा गर्न सकिन्छ भन्ने कुराले श्रोताहरुलाई लाभदायिक बनाइरहेको बताउनु भयो । यसैगरी राष्ट्र निर्माण, विदेशिने युवालाई स्वदेशमै रहेर केही गर्नका लागि प्ररित गर्ने सवालमा सुचना प्रवाह गरिरहेको बताउनु भयो ।
प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मीले संचार माध्यम र पत्रकारहरुलाई जीवित राख्नका लागि सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको छ । जवसम्म व्यवसायीले संचार क्षेत्रलाई माथि उठाउन सक्दैनन् तव सम्म लोकतन्त्र सुरक्षित नरहने समेत उहाँले उद्घोष गर्नुभयो । रेडियो संचालक समितिका अध्यक्ष नारायण खनालको अध्ययक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य संगीत बस्यालले गर्नु भएको थियो भने स्वागत रेडियोका उपाध्यक्ष राम प्रसाद चालिसेले गर्नु भएको थियो ।।यसैविच दाङको तुलसीपुरमा रहेको सामुदायिक रेडियो प्रकृति एफएमको १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । प्राकृतिक श्रोत व्यवस्थापन समाज नेपालद्धारा संचालित रेडियो प्रकृतिको स्थापना भएको १४ वर्ष पुगेर १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रेस स्वतन्त्र सेनानी टिकाराम रेग्मीलाई सम्मान गरिएको छ । दशकौदेखि कठिन परिस्थितीमा पनि आम नागरिकलाई सुसूचित गर्दै पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । त्यैगरी समाचार सम्पादक र प्राविधिक सहायकको भूमिकामा रहेर रेडियोको श्रीवृद्धिमा महत्वपूर्ण योगदा पुर्याउने समाचार प्रमुख निता चौधरी र प्राविधिक सहायक रोमा पुनलाई पुरस्कृत गरिएको थियो । त्यस्तै रेडियोलाई निरन्तर विज्ञापन उपलब्ध गराइ सहयोग गर्ने विज्ञापनदाता चिनारी हस्पिटल प्रालि तुलसीपुरलाई सम्मान गरिएको छ ।।