
वडा स्तरबाटै महिला सदस्यको प्रस्तावना सुनुवाई नभएको दलित महिला सदस्यले गुनासो गरेका छन्। तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच गरिएको अन्तरक्रिया कार्यक्रममा महिला जनप्रतिनिधिले यस्तो बताएका हुन् ।
दलित महिला सङ्घ दाङको आयोजनामा तथा एफ जे एस फाउन्डेसनको सहयोगमा समग्र विकासमा अवरोध जातीय तथा लैङ्गिक विभेद भन्ने अवधारणाका साथ तुलसीपुर शान्तिनगर र दङ्गीशरणका दङ्गीशरणका दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो। सो अवसरमा जनप्रतिनिधि महिला सदस्यहरुले दलितका लागि बजेट छुट्याउने क्रममा महिलाको कुरा सुनुवाई नहुने वडा अध्यक्षकै निर्णयलाई सर्वपरि मान्नुपर्ने बाध्यता भोगेको बताएका हुन् । अझै पनि दलित महिलाप्रति जनमानसको संकुचित दृष्टिकोण दलित महिलाका लागि थोरै मात्र बजेट विनियोजन हुने जस्ता समस्याहरु रहेको बताएका हुन् ।
त्यस्तै दलित महिला सङ्घले दलित महिलाका क्षमता विकास गर्दै आएको जनाएको छ । दलित महिला जनप्रतिनिधिले काम गर्दा देखिएका समस्या तथा आगामी योजनाका विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको दलित महिला सङ्घका अध्यक्ष युवा करालाले बताउनुभयो
सो अवसरमा पत्रकार उपेन्द्र बस्नेतले महिलाहरुले आफ्ना अधिकार र कर्तव्यका लागि नीति तथा ऐनको अध्ययन गर्नुपर्ने बताउनुभयो त्यसले दलित पत्रकार संघका त्यस्तै दलित पत्रकार संघका अध्यक्ष गिरिराज नेपालीले दलित बालबालिकाहरूको पहिचान गरी शिक्षाको पहुँच पुर्याउनुपर्ने बताउनुभयो।
कार्यक्रममा तुलसीपुर दङ्गीशरण र शान्तिनगरका महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

