
तुलसीपुरमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ क्षेत्रीय कार्यसमितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यसमिति तुलसीपुर दाङको आयोजनामा तुलसीपुर ७ राप्ती शान्ति उद्यानको प्राङ्गणमा नेपाल राष्ट्रिय भूपू सैनिक सङ्घ तुलसीपुर क्षेत्रीय समितिका अध्यक्ष कमल प्रसाद पोख्रेलको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले भूपुसैनिक सङ्घको कार्यालय स्थापनाका लागि जग्गाको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभएको थियो।उहाँले राष्ट्रसेवक सैनिकहरूका छोरा छोरीको राम्रो शिक्षाको व्यवस्था राज्यले नै गर्नुपर्ने बताउनुभयो।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले राज्यले भूपू सैनिक संगठनका लागि अस्पताल र स्कुलहरू बनाएर सेवा गरेको बताउनुभयो।
त्यस्तै कार्यक्रमका अध्यक्ष कमल प्रसाद पोखरेलले कार्यसमितिको कार्यालयको व्यवस्थापन नभएको हुँदा यसको निर्माण गरिदिनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा तुलसीपुर इलाका प्रहरी कार्यालयका नायब निरीक्षक अनिल ठकुरी ,दाङ जिल्ला भूपू सैनिक सङ्घका अध्यक्ष उपेन्द्र थापा , तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण समितिका सचिव हाेताराम आचार्यले गर्नुभएको थियो ।