नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

तुलसीपुरमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ क्षेत्रीय कार्यसमितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यसमिति तुलसीपुर दाङको आयोजनामा तुलसीपुर ७ राप्ती शान्ति उद्यानको प्राङ्गणमा नेपाल राष्ट्रिय भूपू सैनिक सङ्घ तुलसीपुर क्षेत्रीय समितिका अध्यक्ष कमल प्रसाद पोख्रेलको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले भूपुसैनिक सङ्घको कार्यालय स्थापनाका लागि जग्गाको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभएको थियो।उहाँले राष्ट्रसेवक सैनिकहरूका छोरा छोरीको राम्रो शिक्षाको व्यवस्था राज्यले नै गर्नुपर्ने बताउनुभयो।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले राज्यले भूपू सैनिक संगठनका लागि अस्पताल र स्कुलहरू बनाएर सेवा गरेको बताउनुभयो।

त्यस्तै कार्यक्रमका अध्यक्ष कमल प्रसाद पोखरेलले कार्यसमितिको कार्यालयको व्यवस्थापन नभएको हुँदा यसको निर्माण गरिदिनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा तुलसीपुर इलाका प्रहरी कार्यालयका नायब निरीक्षक अनिल ठकुरी ,दाङ जिल्ला भूपू सैनिक सङ्घका अध्यक्ष उपेन्द्र थापा , तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण समितिका सचिव हाेताराम आचार्यले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान