
तुलसीपुर, २२ कात्तिक ।
दाङमा राप्ती नदिमा बगेर बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राजपुरगाउँपालिका -३ कालीपुरुवा निवासी रामकुमार यादबको १६ वर्षीया छोरी विद्यावती यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी इश्वरथापाले जानकारी दिनुभयो ।
हिजो साँझ करिब सवा ७ बजे भैंसी चराइ घर तर्फफर्किदै गर्दा लमही नगरपालिका– ८ दुईघरवा स्थितराप्ती नदीमा भैंसी तार्ने क्रममा बगी बेपत्ता भएकोप्रहरीले जनाएको छ । बालिका आज बिहानधनपुरुवा स्थित राप्ती नदिको बिच भागमा मृतअवस्थामा फेला परेको र घटना सम्बन्धमा थपअनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।