३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस दंगीशरण गाउँपालिकामा सम्पन्न

३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज दंगीशरण गाउँपालिकामा गाउँपालिका स्तरीय जिविकोपार्जन अपाङ्गता सञ्जालका अध्यक्ष रोशन गिरीको अध्यक्षतामा सम्पन्न भएको छ । “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” मूल नाराका साथ प्रमुख अतिथि तथा अतिथिद्वारा दिप प्रज्ज्वलन तथा व्यानर पढेर उद्घाटन भएको थियो ।

दंगीशरण गाउँपालिकाको कार्यालय, डिकोस नेपाल समुन्नती परीयोजना र USAID सक्षम कार्यक्रमको संयुक्त आयोजनामा भएको कार्यक्रम सम्पन्न भएको हाे।

महिला वालवालिका तथा ज्येष्ठ नागरीक शाखा प्रमुख सुन कुमारी घर्तिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा १ दर्जन जति अतिथिले मन्तव्य राख्नु भएको थियो । हातेमालो अपाङ्गता समावेशी स्वावलम्बन समुहका अध्यक्ष श्री माधव नाथ योगी, राजाकोट अपाङ्गता स्वावलम्बन समुहका अध्यक्ष रेणुका नेपाली, बाह्रबर्दिया अपाङ्गता स्वावलम्बन समुहका अध्यक्ष शेर बहादुर चौधरी, विहानी अपाङ्गता स्वावलम्बन समुहका अध्यक्ष नोखी कुमारी खड्का, पालिका स्तरीय जिविकोपार्जन अपाङ्गता सञ्जालका सचिव लक्ष्मण चौधरी, डिकोस नेपालका प्रेम बहादुर वली, इलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायब निरीक्षक दिप विजय के.सी, दंगीशरण गाउँपालिकाका लेखा शाखा प्रमुख भरत के.सी. दंगिशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद अधिकारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बोल्ने बक्ता मध्ये अपाङ्गता सञ्जालका पदाधिकारीहरुले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार कार्यान्वयन गर्नु पर्छ, भौतिक पूर्वाधारहरु अपाङ्गता मैत्री हुनु पर्छ, मनोसमाजिक अपाङ्गता भएका व्यक्तिहरुले नियमित रुपमा खाने औषधि गाउँपालिकाले व्यहोर्नु पर्छ, अपाङ्गता भएका वालवालिकाहरु पहुँचयुक्त शिक्षा पाउनुपर्छ, यस पालिकामा रहेका जन प्रतिनिधिहरु अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई सम्बोधन गर्नुपर्छ, अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अनुसारको सम्मान व्यवहार हुनुपर्छ, विषयगत शाखाहरु अपाङ्गता पहुँचयुक्त हुनु पर्छ भन्ने भनाई राख्नु भएको थियो । भने गाउँपालिकाको तर्फबाट लेखा शाखा प्रमुख भरत के.सी.ले अपाङ्गता भएका व्यक्तिहरुको लागि अवस्था अनुसारको क्षमता विकास गर्नका लागि प्रत्येक वर्ष वजेट विनियोजन गर्दै आएको र यस विषयलाई गम्भिर लिएको भनाई राख्नु भएको थियो ।

त्यसैगरी प्रमुख अतिथि तथा दंगीशरण गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसरको खाँचो भएको कुरा आफ्नो भनाईमा राख्नु भएको थियो । त्यसैगरी अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा लगानी गर्नुपर्ने कुरामा थप जोड दिनु भएको थियो । भने कार्यक्रम सञ्चालन राम शंकर यादवले गर्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।