
तुलसीपुर २९ , मंसिर । तुलसीपुर ७ श्रीगैमा अवस्थित त्रिदेव बाेर्डिङ स्कुलमा मा वि स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएकाे छ । विद्यार्थिहरूमा बाैद्विक क्षेमता र उत्प्रेरणाकाे विकासका लागि निजि तथा अावासिय विद्यालय अर्गनाइजेसन नेपालकाे अायाेजनामा कार्यक्रम भएकाे हाे ।
तुलसीपुर प्याब्सनका अध्यक्ष डम्वर डागिकाे अध्यक्षतामा तथा प्याब्सन लुम्विनि प्रदेस सदस्य बासुदेव रिजालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि बासुदेव रिजालले प्रतियोगितामा सबै जनाले स्थान हासिल गर्न नसक्ने हुनाले अागामि दिनहरूमा विद्यार्थिहरू थप मेहनतका साथ अगाडि बढ्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा तुलसीपुर, शान्तिनगर गाउपालिका , बबइ गाउपालिका र दंगिशरण गाउपालिकाका विद्यार्थिहरूकाे सहभागिता रहेकाेमा गाेर्खा मावि प्रथम , अमर मावि द्वितीय , हाम्राे पहुच तृतिय र शान्तिदिप इङ्लिस बाेर्डिङ स्कुल सान्ताेना भएकाे हाे ।
प्रथम पुरस्कार १५०० नगत र प्रमान पत्र , द्वितिय १००० र प्रमान पत्र , तृतिय ७५० र प्रमान पत्र , सान्ताेना हुनेलाइ प्रमान पत्रकाे मात्र व्यवस्था गरिएकाे थियाे । तुलसीपुर नगर प्याब्सन कार्यकारी समितिका सदस्य तथा विद्यालयका प्रिन्सिपल मनाेज हमालकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमकाे सहजिकरण प्याब्सनका उपाध्यक्ष विष्णु याेगिले गर्नुभएकाे थियाे ।