कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको महिला पत्रकारहरूको गुनासो

रिता केसी
दाङ ४ पुस । कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको महिला पत्रकारहरूले गुनासो गरेका छन् ।हिजो भएको समानता र समावेशिताका लागि महिला सञ्चारशक्ति लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धनका लागि महिला पत्रकार अभिमुखीकरण कार्यक्रममा महिला पत्रकारहरूले यस्तो बताएका हुन् ।

लैङ्गिक रूपमा महिला र पुरुषमा समानता कायम गरी महिलालाई सशक्तिकरण गरी नेतृत्व गर्ने ठाउँमा समेत पुर्याउनका लागि यस्तो कार्यक्रम गरिएको हो।ग्लोबल एटु जेड कन्सल्टेन्ट प्राली आयोजनामा तथा ओर्लिङ्कको प्रायोजनमा र मानवकल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको समन्वयमा घोराहीमा अवस्थित भिङ्ग्रेली रिसोर्टमा कार्यक्रम भएको हो।

ग्लोबल एटु जेड कन्सल्टेन्टका कार्यकारी निर्देशक प्रदीप मजगैयाको अध्यक्षतामा तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा कार्यकारी निर्देशक प्रदीप मजगैयाले महिला पुरुषमा समानता ल्याउनका लागि महिलाहरूलाई हेरिने दृष्टिकोणलाई परिवर्तन गर्न पर्ने आवश्यक ठान्नुभयो र नीतिगत रुपमा नै महिलाहरुलाई समानता ल्याउन व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रमुख अतिथि हुमा डिसीले नेपालको संविधान २०७२ हरेक निकायमा लैङ्गिक समानता हुनुपर्ने व्यवस्था गरे पनि व्यवहारिक रुपमा त्यसलाई कार्यान्वयन अहिलेसम्म पनि हुन नसकेको बताउनुभयो ।

त्यस्तै पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसीले दाङका महिला पत्रकारकाे सहभागिता कम भएको र यसलाई सक्रिय बनाउन हरेक मिडियाले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यस्तै प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले पत्रकारिता क्षेत्रमा दिएको उपलब्धि र गुनस्तरमा समीक्षा गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले विगतदेखि नै पत्रकारिता क्षेत्रमा विभिन्न चुनौती भोग्दै आउनुपरेको र कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेकाले पत्रकारिता क्षेत्रलाई छोडेर पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो यसको लागि अभिभावकत्व ग्रहण गर्नका लागि कोही पनि नभएको गुनासो गर्नुभयो।

त्यस्तै कार्यक्रममा डब्लुडब्लुजेकि जिल्ला अध्यक्ष रोशनी शाह सञ्चारिका समूह दाङकी सचिव दिप्तिसिखा चौधरी पत्रकार महासङ्घ प्रदेश परिषद् सदस्य एमकला भुसाल लगायतले पत्रकारिता क्षेत्रमा काम गर्दै गर्दा भोग्नुपरेका समस्या र चुनौतीका बारेमा आआफ्नो अनुभव सुनाउनु भएको थियो ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका निवर्तमान अध्यक्ष निर्मला गौतमको स्वागत मन्तव्यबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण संस्थाकी सचिव माया पोखरेलले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान