
तुलसीपुर ५, जेठ ।
तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।

सर्बसाधारणबाट लामो समयदेखि डिभाइडरको अवस्था सम्बन्धी जनगुनासो आइरहेको थियो। पुलको डिभाइडरमा ठूलो ग्याप रहेकाले सवारी साधनका टायर फस्ने, अप्रेशन गरेका बिरामीहरूका टाका फुस्किने जस्ता समस्याहरू देखिन थालेका थिए। यसले दुर्घटनाको जोखिम समेत बढाएकोले जनस्तरबाट निरन्तर गुनासो आइरहेका थिए।
जनगुनासोलाई मध्यनजर राख्दै समाजसेवी पौडेलको पहलमा र स्थानीय संस्थाहरूको सहयोगमा पुलको डिभाइडर मर्मत गरी ग्यापहरू पुरिएका छन्। यस कार्यले सवारी सुरक्षामा सहजता ल्याउनुका साथै उदाहरणीय सामाजिक उत्तरदायित्वको परिचय दिएको छ ।
