पश्चिममा मनसुन सक्रिय, पहाडी क्षेत्रमा पहिरोको जोखिम ।

काठमाडौँ, २९ श्रावण ।

देशभर मनसुनको प्रभाव जारी रहँदा यसको सक्रियता पूर्वको तुलनामा पश्चिमतर्फ बढी देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा तराई क्षेत्रमा अवस्थित छ भने पूर्वतर्फ यो रेखा तराईभन्दा केही दक्षिणतिर सरेको छ।

महाशाखाले दिएको जानकारीअनुसार आज दिउँसो गण्डकीदेखि पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना उच्च रहेको छ। त्यस्तै मधेश प्रदेशसहित केही अन्य क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा मध्यम खालको पानी पर्ने पूर्वानुमान छ।

महाशाखाले सतर्कता अपनाउन आग्रह गर्दै वर्षाका कारण पहाडी भूभागमा पहिरो र गेग्रान बहावको जोखिम रहने, ठूला–साना नदी, नाला र खोलामा पानीको सतह बढ्ने तथा यातायात व्यवस्थामा असर पर्न सक्ने चेतावनी दिएको छ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत